logo
  • १३ फाल्गुन २०८२, बुधबार | Wed, 25 Feb 2026
  • Dark Mode

          Subscribe

    अस्ट्रेलिया गोलीकाण्ड : दुई बन्दुकधारीमध्ये एक जनाको नाम र तस्बिर सार्वजनिक

    अस्ट्रेलिया गोलीकाण्ड : दुई बन्दुकधारीमध्ये एक जनाको नाम र तस्बिर सार्वजनिक

    अस्ट्रेलियाको ‘बोन्डी बिच’मा आइतबार १२ जना मारिने गरी भएको गोलीकाण्डमा पक्राउ परेका दुई बन्दुकधारीमध्ये एक जनाको नाम र तस्बिर सार्वजनिक भएको छ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आतंकवादी हमलामा संलग्न भएको आरोपमा पक्राउ परेका एक व्यक्ति नविद अक्रम हुन्।

    २४ वर्षका उनी पश्चिमी सिड्नीमा मिस्त्रीको रूपमा काम गर्थे। उनले हालै आफ्नो रोजगारी गुमाएका थिए।

    प्रहरीका अनुसार, नविद अक्रमलाई अर्का आक्रमणकारीसँगै पक्राउ गरिएको थियो। आक्रमणमा एक आक्रमणकारीको मृत्यु भएको छ, तर मृतक अक्रम हुन् वा अर्को, अझै स्पष्ट भएको छैन।

    आइतबार अस्ट्रेलियाको बोन्डी बिच (समुद्र तट) मा हनुक्का मनाइरहेका यहुदीहरूमाथि दुई बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका हुन्।

    अस्ट्रेलियाली प्रहरीले गोली लागेर कम्तीमा १२ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने २९ व्यक्ति घाइते भएको जानकारी दिएको छ।



    sancharchautari sancharchautari    
  • २९ मंसिर २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP