logo
  • २९ पुष २०८१, सोमबार | Mon, 13 Jan 2025
  • Dark Mode

          Subscribe

    हुन्डाईको ‘फेष्टिभ डिलाइट’ सार्वजनिक : दश लाखसम्म छुट, एकजनाले कार जित्ने

    हुन्डाईको ‘फेष्टिभ डिलाइट’ सार्वजनिक : दश लाखसम्म छुट, एकजनाले कार जित्ने

    काठमाडौं । हुन्डाई गाडीको लागि नेपालका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैँ, तिहारलक्षित फेष्टिभ डिलाइट २०८१ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत कम्पनीले एकजना विजेतालाई कार उपहार दिने भएको छ ।

    दसैँ तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन विगतका वर्षमा गाडीका साथै अन्य आकर्षक उपहारहरू दिँदै आएको बताउँदै कम्पनीले यस वर्ष पनि सोही परम्परा कायम राखेको बताएको छ ।

    यस वर्ष एकजनाले मेड इन नेपाल ‘हुन्डाई भेन्यू’ लक्की ड्रमार्फत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

    नेपाली अटोमोबाइल बजारमा हुन्डाईको बहुप्रतिक्षित योजनाका रूपमा फेष्टिभ डिलाइट २०८१ अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा १० लाखसम्म छुट मिल्ने कम्पनीले जनाएको छ ।

    यस्तै, स्क्राच कार्डमार्फत थप एक लाखसम्मको नगद छुट र एक वर्षको लागि निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सकिने छ । कम्पनीले ग्राहकहरूको सन्तुष्टिको लागि सधैँ समय सापेक्षिक योजनाहरू सार्वजनिक गर्दै आइरहेको कम्पनीको भनाइ छ ।

    आउँदो भदो ११ गतेदेखि सुरु हुने नाडा अटो शो २०२४ मा गाडी बुकिङ गर्ने ग्राहक पनि यस योजना बाट लाभान्वित हुने कम्पनीले जनाएको छ । हुन्डाईका सबै गाडीमा मंसिर २२ खरिद गर्दा तीन वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ उपलब्ध रहेको लक्ष्मी इन्टरकन्टिनेन्टलले बताएको छ ।

    यस्तै, हुन्डाईको टेस्ट ड्राइभ एन्ड विन योजनाअन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभर रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडी टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरू हात खाली नहुने गरी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर १६ शोरुम, १९ सर्भिस सेन्टर तथा ४३ प्लस चारजिङ पोइन्टबाट सेवा दिइरहेको बताएको छ ।



    sancharchautari sancharchautari    
  • ६ भाद्र २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP