logo
  • ३ फाल्गुन २०८२, आईतवार | Sun, 15 Feb 2026
  • Dark Mode

          Subscribe

    सुशासन, विकास, स्थायित्व र स्वाधीनतका पक्षमा प्रतिबद्ध एमालेप्रति जनताको विश्वास बढेको छः अध्यक्ष ओली

    सुशासन, विकास, स्थायित्व र स्वाधीनतका पक्षमा प्रतिबद्ध एमालेप्रति जनताको विश्वास बढेको छः अध्यक्ष ओली

    पाटन (ललितपुर) | नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन, विकास, स्थायित्व, राष्ट्रीय अखण्डता र स्वाधीनताका पक्षमा उभिएकाले एमालेप्रति जनताको विश्वास बढेको बताएका छन् ।

    शुक्रबार ललितपुरको गोदावरीस्थित सनराईज हलमा आयोजित पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै उनले सो विषयमा महाधिवेशनसँग सम्बन्धित नभएकाले छलफल हुनै नसक्ने बताए । उनले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताको विषयमा कमिटीगत छलफलको विषय भएकाले सोही ठाउँमा सो विषयसँग छलफल हुने बताए ।

    एमाले पार्टी र त्यसका नेताहरूलाई जतिसुकै गालीगलौज गरे पनि नेपाली जनताले विश्वास नगर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “ अहिले हामी सरकारमा छौँ, जनताकाबीच पुगी अझ विश्वास जित्न सक्यौँ भने ८४ सालमा हुने निर्वाचनमा बहुमत प्राप्त गर्नबाट एमालेलाई कसैले पनि रोक्न सक्दैन । जनताकामाझ गई सक्रिय भएर काम गरौँ ।”

    साथै, उनले सीमाका बारे भारतसँग छलफल गरेर संवादमार्फत समस्याको समाधान गर्नुपर्ने भन्दै दुई देशले नेपालको भूमिबाट व्यापार गर्ने भनेपछि दुईवटै देशकाबीच आवाज उठाएको हुनाले तेस्रो देशलाई बीचमा ल्याउने काम नगरेको स्पष्ट पारे ।

    कुनैपनि अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रको राष्ट्रिय हित र अडान नछाड्ने भन्दै देशको हितको लागि महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट धारणका साथ अगाडि बढेको पनि उनको भनाइ छ ।

    उनले भने, ‘कुनै पनि अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो राष्ट्रिय हित र अडान छाड्ने छैनौ, बेठिक कुरा पनि गर्दैनौ । देशको हितको लागि महत्वपूर्ण भूमिका खेल्छौ र नेपालको धारण स्पष्ट रुपमा राख्न पर्छ भन्ने पनि हाम्रो पार्टीको मान्यता हो र त्यही बोकेर म हिडेको हो ।’



    sancharchautari sancharchautari    
  • २० भाद्र २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP