logo
  • २९ पुष २०८१, सोमबार | Mon, 13 Jan 2025
  • Dark Mode

          Subscribe

    मोदीको शपथग्रहणमा नेपालबाट प्रधानमन्त्रीसँग को- को जाँदैछन् ?

    मोदीको शपथग्रहणमा नेपालबाट प्रधानमन्त्रीसँग को- को जाँदैछन् ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा जाने भ्रमण टोलीको टुंगो लागेको छ ।

    शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालकाे भारत भ्रमणका लागि टोलीको टुंगो लगाएको हो ।

    भ्रमण टोलीमा प्रधानमन्त्री, कानून मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल,प्रधानमन्त्री स्वकीय सचिव गंगा दाहाल र परराष्ट्र मन्त्रालयका शिस्टाचार महापाल बिष्णु प्रसाद गौतम रहेका छन् ।

    प्रधानमन्त्री  दाहाल आइतबार तेस्रो कार्यकालको लागि निर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिन भारत जाँदैछन् ।

    भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री दाहाललाई शपथ ग्रहणमा सहभागी हुन आमत्रण गरेका थिए ।



    sancharchautari sancharchautari    
  • २६ जेष्ठ २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP